Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ ऊर्जाको पहुँच

९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ ऊर्जाको पहुँच

काठमाडौं, २५ साउन । आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ । २०६२/६३ मा कूल विद्युत्को पहुँच २४ प्रतिशत बराबर थियो ।

आव २०६२/६३ मा १२ लाख ८० हजार विद्युत्का ग्राहक रहेकामा हाल त्यो बढेर ७५ लाख बराबर पुगेको छ । आव २०७९/८० को अन्त्यसम्ममा मुलुकको कूल ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ । त्यसमा प्राधिकरणको हिस्सा ९५ दशमलव शून्य तीन प्रतिशत बराबर रहेको छ । यस्तै वैकल्पिक ऊर्जाका विभिन्न स्रोतमार्फत करिब तीन प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जा उपलब्ध भएको छ ।

सबै नेपाली नागरिकका घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने सरकारको योजना क्रमशः सफलताको क्रममा पुगेको पाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x