Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अरुण काबेलीले भदौ ८ गतेदेखि हकप्रद जारी गर्ने, कसले आवेदन दिन पाउँछन् ?

अरुण काबेलीले भदौ ८ गतेदेखि हकप्रद जारी गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं, २५ साउन । अरुण काबेली पावरले भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद शेयरको लागि कम्पनीले असार २५ गते बुक क्लोज गरिसकेको छ ।
अरुण काबेलीले जारी गर्न लागेको हकप्रद शेयरमा लगानीकर्ताले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।
यसको हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ । उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ ।

साथै, हिमलयन र नबिल बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ भने यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्तापूँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x