Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

हकप्रद निष्कासन गर्दै मल्टीपर्पस फाइनान्स, कम्पनीका सबै लगानीकर्ताले आवेदन दिन नपाउने

हकप्रद निष्कासन गर्दै मल्टीपर्पस फाइनान्स, कम्पनीका सबै लगानीकर्ताले आवेदन दिन नपाउने

काठमाडौं, २५ साउन । मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। फाइनान्सले हाल कायम चुक्तापूँजीको ३५ प्रतिशत हुन आउने पूँजी बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । अर्थात् फाइनान्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ ३५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस अनुसार फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

तर, यो हकप्रद शेयरमा कम्पनीका सबै लगानीकर्ताले आवेदन दिन पाउँदैनन् । कम्पनीले हकप्रद प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो। सोही अनुसार साउन ११ गतेसम्म् कम्पनीको शेयर खरिद गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भइ कायम शेयरधनीहररूले मात्र यो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

फाइनान्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४२ करोड २० लाख रुपैयाँ रहेको छ । फाइनान्सले हकप्रद शेयर निष्काशन गरी संकलन गरेको रकममध्ये २ करोड रुपैयाँ तरलता कायम गर्न नेपाल राष्ट्र बैंकमा मौज्दात कायम गर्न, ३ करोड ८२ लाख रुपैयाँ कर्जा तथा लगानी प्रवाह गर्न, २ करोड रुपैयाँ शाखा विस्तार गर्न र बाँकी ८ करोड सरकारी ऋणपत्र खरिद गर्न प्रयोग गर्ने जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x