नेपाल लाइफको ३ दिने लिडरसिप अवार्ड सम्पन्न
काठमाडौं, २८ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति ” नाराका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अथक मिहेनत र परिश्रम गरेर कम्पनीलाई अव्वल बनाउन अहोरात्र लागेका अभिकर्ताहरुलाई सम्मान गर्ने परिपाटी स्थापित गरि हरेक वर्ष झन् परिस्कृत र बृहत रुपमा कार्यक्रम संचालन भएको देख्दा मन हर्षित भएको बताए ।
यस्तै आगामी दिनमा कम्पनीको लक्ष्य प्राप्तिका निम्ति दत्त चित्त भएर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै बीमा क्षेत्रमा कम्पनीको स्थापना गरि नेपाली जनताको घर दैलोमा बीमाको सचेतना फैलाउने अवसर जुराइदिएकोमा आभारी व्यक्त गरे ।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फ बाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।