Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

अपारदर्शीरूपमा बजेट खर्च गर्दै अर्थमन्त्री महत, गतबर्ष १ खर्ब १४ अर्ब रकमान्तर गरेर खर्च

अपारदर्शीरूपमा बजेट खर्च गर्दै अर्थमन्त्री महत, गतबर्ष १ खर्ब १४ अर्ब रकमान्तर गरेर खर्च

काठमाडौं, २९ साउन । अर्थ मन्त्रालयले आकस्मिक खर्चका लागि भन्दै अर्थविविधमा अबौं रुपैयाँ बजेट छुट्याउने पर्छ । र, त्यसलाई अर्थ मन्त्रालयले आकस्मिक खर्चका लागि भन्दै अर्थविविधमा अबौं रुपैयाँ बजेट छुट्याउने गरेको छ । र, त्यसलाई अपारदर्शीरूपमा मनोमानी ढंगले खर्च गर्ने गरेको छ। गत वर्ष पनि सरकारले १ खर्ब १४ अर्ब रुपैयाँ त्यसैगरी खर्च गरेको छ ।

 

जबकी अर्थ विविध शीर्षकमा राखिने यस्तो रकम १ खर्ब ११ अर्ब रुपैयाँ मात्र थियो । उक्त रकममध्ये गत जेठ र असारमा मात्रै सरकारले २३ प्रतिशत रकममान्तर गरेर २६ अर्ब १६ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । यस्तो रकम सरकारले केही निर्माण सम्बन्धी आयोजना, उपचारका लागि सहायता र अन्य विभिन्न शीर्षकमा बाँडेको छ ।

गएको असारमा २८ वटा आयोजनालाई रकमान्तर गरेर ६ अर्ब ४० करोड रुपैयाँ दिएको छ । अर्थले ५० हजारदेखि ४ अर्ब रुपैयाँसम्म रकमान्तर गरेर खर्च गरेको छ।

विभिन्न मितिमा निर्णय गरेर गत असार महिनामा मात्रै २ करोड ४० लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ। यस्तो सहायतामा वेपत्ता भएका परिवारलाई राहतदेखि राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चसम्मको दायित्व ब्यहोरेको छ। राष्ट्रपति पौडेल भारतमा उपचार गर्न जाँदा लागेको ५५ लाख २ हजार रुपैयाँ खर्च राज्य कोषबाट व्यहोरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा पनि राज्य कोषबाट ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ।

विनियोजन ऐनअनुसार कुल बजेटको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइदैन । तर सरकारले कानुनको धज्जी उडाउँदै मनोमानी रकमान्तर गरेर खर्च गर्दै आएको छ। खर्च गर्ने गरेको छ। गत वर्ष पनि सरकारले १ खर्ब १४ अर्ब रुपैयाँ त्यसैगरी खर्च गरेको पाइएको छ ।

जबकी अर्थ विविध शीर्षकमा राखिने यस्तो रकम १ खर्ब ११ अर्ब रुपैयाँ मात्र थियो । उक्त रकममध्ये गत जेठ र असारमा मात्रै सरकारले २३ प्रतिशत रकममान्तर गरेर २६ अर्ब १६ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । यस्तो रकम सरकारले केही निर्माण सम्बन्धी आयोजना, उपचारका लागि सहायता र अन्य विभिन्न शीर्षकमा बाँडेको छ ।

गएको असारमा २८ वटा आयोजनालाई रकमान्तर गरेर ६ अर्ब ४० करोड रुपैयाँ दिएको छ । अर्थले ५० हजारदेखि ४ अर्ब रुपैयाँसम्म रकमान्तर गरेर खर्च गरेको छ। विभिन्न मितिमा निर्णय गरेर गत असार महिनामा मात्रै २ करोड ४० लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ। यस्तो सहायतामा वेपत्ता भएका परिवारलाई राहतदेखि राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चसम्मको दायित्व ब्यहोरेको छ। राष्ट्रपति पौडेल भारतमा उपचार गर्न जाँदा लागेको ५५ लाख २ हजार रुपैयाँ खर्च राज्य कोषबाट व्यहोरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा पनि राज्य कोषबाट ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ।

विनियोजन ऐनअनुसार कुल बजेटको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइदैन । तर अर्थमन्त्री प्रकशशरण महतले कानुनको धज्जी उडाउँदै मनोमानी रकमान्तर गरेर खर्च गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x