Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कतार जाने नेपाली कामदारको संख्या घट्दो

कतार जाने नेपाली कामदारको संख्या घट्दो

काठमाडौ,२५ जेठ ।  बैदेशिक रोजगारका लागि खाडी मुलुक कतार जाने नेपाली कामदारको संख्यामा कमि आएको छ । गएको एक वर्षमा त्यहाँ जाने नेपाली कामदारको सङ्ख्या झण्डै २० प्रतिशतले घटेको बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । जसका कारण त्यहाँबाट भित्रिने विप्रेषण अर्थात् रेमिटेन्समा पनि कमी आएको राष्ट्रबैको पछिल्लो अर्थिक सर्वेक्षणले देखाएको छ ।

आतङ्कवादलाई सघाएको भन्दै साउदी अरेबियासहितका छिमेकी मुलुकले कतारसँग सम्बन्ध तोडी नाकाबन्दी कारण कतारको श्रम बजारमा प्रभाव परेको र त्यसको असर सरुप कामदार जाने संख्यमा पनि कमि आएको हुन सक्ने बताइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार २०७३ देखि २०७४ साउनसम्म कतार जाने नेपाली कामदारको सङ्ख्या एक लाख २१ हजारजति थियो। आजसम्मको तथ्याङ्क हेर्दा उक्त सङ्ख्या २५ हजारले घटेर ९६ हजार पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x