Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रधानमन्त्रीले प्रदेश १ को प्रदेश सभालाइ संवोधन गर्ने

प्रधानमन्त्रीले प्रदेश १ को प्रदेश सभालाइ संवोधन गर्ने

काठमाडौ, जेठ २५ ।  प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश १ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न प्रदेश राजधानी विराटनगर जाने भएका छन् । संसदको जारी बजेट अधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री त्युस तर्फ जान लागेका हुन ।  उनले यसअघी प्रदेश ३ र ६ को प्रदेश सभा बैठकलाई संवोधन गरेका थिए ।

प्रधानमन्त्रीले शनिबार दिउँसो प्रदेश संसदलाई सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री आउने भएपछि बैठकलाई व्यवस्थित गर्न र सहभागी अतिथि बस्ने व्यवस्था मिलाउन संसद सचिवालयले तयारी थालेको जनाएको छ । प्रदेश सरकार नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छ । यसअघि पूर्वबजेट छलफलका गर्न तीन दिन बैठक चलेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x