Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा संङ्कलन गर्नेको लर्को

उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा संङ्कलन गर्नेको लर्को

काठमाडौ,२५ जेठ । डोल्पा, रुकुम बझाङ्ग लगायतका हिमाली जिल्लामा उच्च हिमाली क्षेत्रका यार्सागुम्बा संङ्कलनका लागि भिड बढेको छ । युवा जवान मात्र होइन,बालबालिकादेखि वृद्धवृद्धसम्म यार्सागुम्बा सङ्कलनका लागि घर छाडेर यतिवेला उच्च हिमाल भेगतर्फ लगेका छन् ।

यार्सागुम्बालाई बहुमूल्य जडीबुटी मानिन्छ। त्यसैले यार्सा टिप्न उनीहरु एक हप्ताको बाटो हिँडेर रूपपाटनमा भेला भएका हुन्। गर्मीमा हिउँ पग्लन सुरु भएपछि माथिल्लो हिमाली भेगमा यार्सागुम्बा टिप्न जाने मानिसको वर्षेनी लर्को लाग्ने गर्छ।

आधा वनस्पति र आधा जीव मानिने यो जडिबुटी समद्र सतहबाट ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा पाइन्छ।विभिन्न रोगको औषधीको रुपमा उपयोग गरिने यार्सागुम्बाको खपत छिमेकी मुलुक चीनमा सबैभन्दा बढी हुने गरेको बताइन्छ।यार्सागुम्बा टिप्ने मौसममा हिमाली भेगका शिक्षक र विद्यार्थीसमेत त्यहाँ जाने भएकाले धेरैजसो विद्यालयहरु बन्द रहने गर्छन्।

यार्सागुम्बा टिप्न जाँदा धेरैलाई त व्यापारीहरुले पहिल्यै रकम दिएर समेत पठाउने गर्छन्।यार्सागुम्बा भेटिने उच्च हिमाली भेगमा जाँदा जोखिम बढी हुने भएकोले कति मानिसहरुले चिसो र हिउँका कारण ज्यानै गुमाउने गरेको खबरहरुसमेत आउने गर्छ।  हिमाली जिल्लाका कैयौं मानिस आफ्ना वार्षिक घर खर्चका लागि यार्सागुम्बाको आम्दानीमा भर पर्छन्। यार्सागुम्बाको कारोबार ठूलो हुने भएकाले गाउँले मात्रै होइन व्यापारीहरु पनि पाल टाँगेरै केही समय बिताउने गरि यार्सागुम्बा संकलन स्थलमा पुग्छन्।६ महिना जीव र ६ महिना वनस्पति भएर रहने यार्सागुम्बाको, वनस्पति जीवित रहे प्राणी मर्ने र प्राणी जीवित रहे वनस्पति मर्ने स्वभाव हुने गरेको विज्ञहरु बताउँछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x