Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

प्रधानमन्त्रीले व्यवसायीलाई भने–अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौं

प्रधानमन्त्रीले व्यवसायीलाई भने–अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौं

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी तथा व्यवसायमा लगानीका गर्न विश्वासको वातावरण बनाउने बताएका छन् । सोमबार उद्योगी व्यवसायीका तीनवटा छाता सङ्गठनका पदाधिकारीसँग छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महांघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डले जग्गा कित्ताकाटका सम्बन्धमा समेत आवश्यक निर्णय लिइने बताए । सरकारले यसअघि नै जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको थियो। यद्यपि, केही प्राविधिक जटिलताका कारण सो निर्णय कार्यान्वयन हुन सकेको थिएन।

भेटमा प्रधानमन्त्री दाहालले जग्गामा कित्ताकाट खुलाउने यसअघिको निर्णय तत्काल कार्यान्वयनमा जाने बताए । अर्थतन्त्र चलायमान गराउने ध्येयका साथ मन्त्रिपरिषद्ले यसअघि नै कित्ताकाट खुलाउने निर्णय गरेको भए पनि कार्यान्वयनमा जान सकेको थिएन।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x