बुधबार दाेहाेराे अंकले घटेर बन्द भयाे नेप्से, एक अर्ब ६७ करोडकाे काराेबार

काठमाडौं, ३१ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.३१ अंकले घटेर दुई हजार २५ दशमलब १२ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज एक अर्ब ६७ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८५ कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।