Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

खानी अन्वेषणका लागि हालसम्म ४३२ कम्पनीलाई अनुमति

खानी अन्वेषणका लागि हालसम्म ४३२ कम्पनीलाई अनुमति

काठमाडौं, ३२ साउन । खानी तथा भूगर्भ विभागले मुलुकभित्र रहेका खानी खोजतलास गर्न हालसम्म ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो ।

विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुंगा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान गरिएको हो । अघिल्लो आर्थिक वर्ष (आवं २०७८/७९ सम्ममा ३७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो । विभागले आर्थिक वर्ष (आव) २०७९/८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको उनले बताए । ‘अनुमति दिएकामा सबैभन्दा धेरै चुनढुंगा र तामा छन्,’ सूचना अधिकारी बाँस्कोटाले भने ।
विभागले हालसम्म १५८ कम्पनीलाई खानी उत्खननका लागि अनुमतिपत्र प्रदान गरेको छ । गत आवसम्ममा १४७ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको विभागले आव २०७९/८० मा थप ११ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको हो ।

खानी खोजतलास तथा उत्खननका लागि आउनेमध्ये सबैभन्दा धेरै कम्पनी चिनियाँ रहेको सूचना अधिकारी बाँस्कोटाको भनाइ छ । अनुमतिपत्र प्राप्त गरेका कम्पनीमध्ये ५० प्रतिशतले मात्र उत्खननको काम शुरू गरेका छन् । बाँकी कम्पनी उत्खननका लागि आवश्यक प्रक्रियामै रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x