कोकाकोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

काठमाडाैं, १ भदाै । ग्लोकल प्रा. लि. ले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वल्ड’ सम्बन्धी प्रेरणादायी छलफल भएका छन् ।पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको थियो।
कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा पूर्व मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर सृष्टि वैद्य र कोका–कोला बेभरेजकी कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठ प्यानेलिस्ट थिए ।
यस कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तिकरण र संलग्न गराउने महत्वलाई जोड दिएको थियो । उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।