डेढ प्रतिशत बिन्दुले बढ्यो मुद्रास्फीति

काठमाडौं, १ भदौ । गत आर्थिक वर्षमा सरकारले मूल्यवृद्धि नियन्त्रणमा राखेको लक्ष्य पूरा हुन सकेन । तत्कालीन अर्थ जनार्दन शर्माले बजेटमार्फत मूल्यवृद्धिलाई ७ प्रतिशतको सीमामा राख्ने लक्ष्य लिए पनि गत आर्थिक वर्षमा यो ७.७४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो ६.३२ प्रतिशत थियो । एक वर्षमै मुद्रास्फीति १.४२ प्रतिशतले बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गतवर्ष खाद्य तथा पेय समूहको मुद्रास्फीति १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत र दुग्ध तथा अण्डको ९.२३ प्रतिशत रहेको छ ।