Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भ्याटबापत उठ्ने राजस्वमा कमी

भ्याटबापत उठ्ने राजस्वमा कमी

काठमाडौं, ३ भदौ । सरकारले मूल्य अभिवृद्धि (भ्याट)बाट संकलन गर्ने राजस्व चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा घटेको छ । गत आर्थिक वर्ष २०७९/८० को साउन महिनाको तुलनामा यस्तो राजस्व ४.२० प्रतिशतले कम संकलन भएको हो । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनमा भ्याटबापत २३ अर्ब ८६ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्षको साउनमा भ्याट बापत २४ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक वर्षको साउनमा २५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ भ्याटबापत राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर, यो महिना लक्ष्यको ९२.४२ प्रतिशतमात्र भ्यापबापतको राजस्व संकलन प्राप्ति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार भन्सार महसुलबाट प्राप्त हुने राजस्व गत वर्षको साउनकोभन्दा केही सुधार भएको छ । तर, लक्ष्य भने पुरा हुन सकेको छैन । भन्सार महशुलबापत २३ अर्ब दुई करोड ३३ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकोमा १४ अर्ब ६५ करोड १९ लाख रुपैयाँ संकलन भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्वबापत उठाउने लक्ष्य राखेको छ । तर, सुरुको महिना नै लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व संकलन भएको छ । मन्त्रालयका अनुसार साउनमा कुल ७८ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको साउनमा भने कुल ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x