Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

भारतले कर बढाएपछि प्याजको मूल्य २८ देखि साढे ४१ प्रतिशतसम्म बढ्यो

भारतले कर बढाएपछि प्याजको मूल्य २८ देखि साढे ४१ प्रतिशतसम्म बढ्यो

काठमाडौं, ४ भदौ । भारतको वित्त मन्त्रालयले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य ४१.४६ प्रतिशतसम्म वृद्धि भएको छ ।नेपालमा आइतबारको तुलनामा सोमबार भारतीय सुकेको प्याजको मूल्यमा २७.८७ प्रतिशतले वृद्धि भएको हो ।

शनिबार भएको उक्त निर्णयपश्चात् पनि आइतबार नेपालमा प्याजको मूल्य स्थिर नै थियो । शनिबार प्रतिकेजी ६१ रुपैयाँ रहेको सुकेको भारतीय प्याज आइतबार पनि सोही मूल्यमा बिक्री भएको थियो । आज (सोमबार) कालिमाटी तरकारी तथा फलफूल बजारमा प्याजको मूल्य प्र्रतिकेजी ७८ रुपैयाँ रहेको छ ।

त्यस्तै, हरियो प्याजको मूल्यमा ४१.४६ प्रतिशतको वृद्धि भएको छ । भारतले निर्यातमा कर लगाउनुअघि गत शनिबारको तुलनामा आइतबार हरियो प्याजको मूल्य घटेको थियो । प्रतिकेजी १४० रुपैयाँ शनिबार बिक्री भएको उक्त प्याज आइतबार प्रतिकेजी १३६ रुपैयाँ मूल्यमा थियो । सोमबार भने हरियो प्याजको मूल्यमा उच्च वृद्धि देखिएको छ । सोमबार हरियो प्याज प्रतिकेजी १९३.३३ रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x