अपर तामाकोशीले भदौ १८ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं, ४ भदौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि सतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
जसअनुसार अपरले १०० रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ । यस हकप्रद शेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । असोज ७ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने सूचनामा उल्लेख छ । यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् ।
यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपरले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद शेयरमार्फत रकम संकलन गर्न लागेको हो ।