नाजायज काम गराउन थैलो बोकेर नहिडन् उद्योगी ब्यवसायीलाइ प्रधामन्त्री ओलीको निर्देशन
बिराटनगर २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउन उद्योगी व्यावशायीका समस्या समधान गर्न सरकार प्रतिवद्ध रहेको बताउदै नाजायज काम गराउन थैलो बोकेर नहिडन् उद्योगी ब्यवसायीलाइ आग्रह गर्नु भएको छ ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यावशायीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि सरकारी काम गराउन कमिसन बोकेर धाउनु पर्ने दिन अब सकिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “कुनै काम गराउन अब कमिसनको थैलो बोकेर हिड्नु पर्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “कमिसन बांड्ने समुह भनेको व्यापारी व्यावशायी नै हो । तर अब तपाईंहरुले जायज काममा कमिसन बांड्नु पर्दैन । नाजायज कामका लागि थैलो बोकेर नहिड्नुहोस । त्यस्तो काम हुदैन ।”
प्रधानमन्त्री ओलीले सरकारले नीतिगत सुधार,व्यबहारिक पक्ष,बैंक ब्याज,प्रशासनिक झन्झट,विद्युतका समस्या समाधानका लागि कुनै कसर बँंकी नराख्ने बताउनुभएको छ । यसैगरी ‘एन्टी डम्पिङ ट्याक्स’को बिषयमा भारत भ्रमणका त्रममा भरातीय पक्षसंग कुरा राखेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश आत्मनिर्भर अर्थतन्त्रतिरको यात्रामा अघि बढेको बताउनुभयो । विगतमा जस्तो निजीकरणका नाममा उद्योग कलकारखाना बेचेर खाने काम यो सरकारले नगर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशमा विकास,औद्योगिकीकरण र आधुनिकीकरणको लागि अनुकुल समय भएको बताउनुभएको छ । “यस अनुकुल परिस्थितीमा सरकारले मुख्य मुख्य तीनवटा कुरामा जोड दिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “उत्पादन र उत्पादकत्व बढाउने,रोजगारीका अवशर सृजना गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने । यसका लागि सबै पक्षको सहयोग आवश्यक हुन्छ ।”
प्रधानमन्त्री ओलीले मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले विभिन्न मागहरु राखेर अलग अलग ज्ञापन पत्र समेत बुझाएका छन् । कार्यक्रममा प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई लगायत मन्त्रीहरुको पनि उपस्थिती थियो ।