Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

‘मिनी संसद्’ले चार महिनापछि नेतृत्व पाउदै, १२ वटा समितिमा कुन दलबाट को उम्मेदवार ?

‘मिनी संसद्’ले चार महिनापछि नेतृत्व पाउदै, १२ वटा समितिमा कुन दलबाट को उम्मेदवार ?

काठमाडौं, ९ भदौ । संसदीय समितिको सभापतिका लागि सोमबार निर्वाचन हुँदै छ । समिति गठन भएको झन्डै चार महिनामा सभापति निर्वाचन घोषणासँगै दलहरूले उम्मेदवार पनि टुंग्याएका छन् ।

कांग्रेस चार, एमाले तीन, माओवादी दुई, जसपा एक, एकीकृत समाजवादी एक र जनमतले एक समितिको नेतृत्व लिने सहमतिअनुसार दलहरूले उम्मेदवार तय गरेका हुन् । चार समितिको नेतृत्व पाएको कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडालाई उम्मेवार बनाउने भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, संसदीय सुनुवाइ समितिमा ज्ञानेन्द्र कार्की, ईश्वरी न्यौपाने र जीवन परियारको नाम चर्चामा छ । अर्थ समितिमा विनोद चौधरी र सन्तोष चालिसेको चर्चा छ ।

यस्तै प्रमुख प्रतिपक्षी एमालेले सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेललाई सभापतिको उम्मेदवार बनाउने , राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई उम्मेदवार तोकेको छ । महिला तथा सामाजिक समितिमा किरणकुमार साहलाई उम्मेदवार बनाउने निर्णय भएको बुझिएको छ ।

दुई समिति पाएको माओवादीले कानुन, न्याय तथा मानव अधिकार समितिमा विमला सुवेदी र पूर्वाधार विकास समितिमा माधव सापकोटालाई उम्मेदवार बनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति पाएको जसपाले राजकिशोर यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएको एकीकृत समाजवादीले भानुभक्त जोशी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति पाएको जनमतले अब्दुल खानलाई सभापतिको उम्मेदवार बनाएको छ ।

पद बाँडफाडमा भाग नपाएको चौथो ठुलाे दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने संसदीय समितिको निर्वाचनमा एकल उम्मेदवारी दिने भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x