Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

एक महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यापार ४ अर्ब, सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी

एक महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यापार ४ अर्ब, सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी

काठमाडौ, ११ भदौ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब ४ अर्ब रुपैयाँको व्यापार गरेका छन् । बीमा कम्पनीहरूको व्यपारको रूपमा बुझिने कुल बीमाशूल्क १४ निर्जीवन बीमा कम्पनीले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार यी बीमा कम्पनीहरूले २ लाख १३ हजार ८२८ वटा बीमालेख बिक्री गरी उक्त कुल बीमा शुल्क आर्जन गरेका हुन् । साउन महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशूल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ५५ करोड १५ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको हो ।

यसअघि मासिक सबैभन्दा बढी कुल बीमाशूल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी हुन्थ्यो । तर, बीमा कम्पनी मर्जरमा जाँदा यो कम्पनीको साख घटेको छ । मर्जरमा गएका कम्पनीहरूले नै साउनमा पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्न सफल भएका छन् ।

दोस्रोमा सिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको छ । त्यसैगरी तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३४ करोड ३७ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख, प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख, नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ८ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले २० करोड ७२ लाख, नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख सानिमा जिआसीले १७ करोड ८८ लाख, नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेका छन् ।

त्यसैगरी हाल निर्जीवन बीमातर्फ दुई वटा माइक्रो इन्स्योरेन्स कम्पनीहरू सञ्चालनमा छन् । सञ्चालित नेपाल माईक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भने एक महिनामा ९५ हजार रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेका छन् । जसमा नेपाल माइक्रो इन्स्योरेन्सले १७ बीमालेख बिक्री गरी ६३ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आठ वटा बीमालेख बिक्री गरी ३२ हजार रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x