Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

स्पष्ट नीति ल्याई स्टार्टअपलाई सहयोग गर्न अध्यक्ष ढकालकाे आग्रह

स्पष्ट नीति ल्याई स्टार्टअपलाई सहयोग गर्न अध्यक्ष ढकालकाे आग्रह

काठमाडाैं, ११ भदाै ।  नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिड महामारी र अहिले व्यवसाय सञ्चालनमा आएको समस्याले कतिपय स्टार्टअप जोखिममा परेको बताएका छन् । ‘स्टार्टअप नेस्नल २०३० कन्फरेन्स फर काेलाब्रेसन एण्ड कमिटमेन्ट’ कार्यक्रममा अध्यक्ष ढकालले व्यवसाय सञ्चालनमा आएको समस्याले कतिपय स्टार्टअप जोखिममा परेको र जोखिम प्रतिरोधी क्षमता बढाइ व्यवसायलाई निरन्तरता दिनुपर्ने चुनौती थपिएको बताएका हुन् ।

महासंघले स्टार्टअप र साना उद्यम व्यवसायको प्रवद्धनमा सहयोग पुग्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउँदै उनले  यसका लागि स्पष्ट नीति ल्याई स्टार्टअपलाई सहयोग गर्नु आजको आवस्यकता औंल्याए ।

गत वर्ष नै उद्योग वाणिज्य महासंघले स्टार्टअप नीतिको मस्यौदा बनाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले यसमा सहकार्यका लागि मन्त्रालय सँग आग्रह गरे ।

‘आर्थिक रुपान्तरणका लागि सार्वजनिक नीजि साझेदारी कार्यक्रम गर्न उक्त समझदारी भएको थियो । सोहि अनुसार महासंघको सहकार्यकमा हरेक प्रदेशमा इकुभेसन केन्द्र स्थापना गर्ने त्यसमा उल्लेख छ, उनले भने, ‘ सोहि समझदारी अनुरुप संयुक्त बैठक आवस्यक छ । स्टार्टअपको जन्म हुर्काइ र निरन्तरताको लागि आवस्यक पूँजी र उचित मार्गदर्शन आवस्यकता छ ।’

स्टार्टअप नीतिको तर्जुमा पूँजीको व्यवस्था बजार विकास छुट सुविधा एमं इन्कुभेसन सेवा प्रदान गर्ने व्यवस्था महासंघले सरकार र अन्य सम्बन्धीत सबै क्षेत्रमा सहकार्य गर्दै आएको उनकाे भनाइ छ ।

नीतिगत स्पष्टता सहयोगबीना स्टार्टअप नेसनको लक्ष्यमा पुग्न नसकिने भन्दै अध्यक्ष ढकालले स्टार्टअप प्रवद्धनका लागि स्टार्टअप इकोसिस्टमलाई प्रभावकारी र क्रियाशिल बनाउन जरुरी रहेकाे बताए ।

यस सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यास र अनुभव महत्वपूर्ण हुने भएकाले यस सम्मेलनले सम्बन्धित विज्ञ , उद्यमी व्यवसायी उद्यमशिलता, स्टमर्टअप प्रवद्धनमा क्रियाशिल व्यक्तित्वहरुको अनुभव आदान प्रदानले नेपालको स्टार्टअप कार्ययोजना तयार गर्न सकिने विस्वास लिएको बताए ।

दिगो विकास लक्ष्य २०३० को अन्त्यसम्म मुलुकमा नयाँ उद्यमको विकास आर्थिक समृद्धि र सम्मानजनक रोजगारी सिर्जना गर्नु यो अभियानको मूख्य लक्ष्य रहेको छ । महासंघले स्टार्टअप र साना उद्यम व्यवसायको प्रवद्धनमा सहयोग पुग्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x