Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

बीमा कम्पनीसँगै खुम्चियो व्यवसाय, सम्पत्ति बीमामा केही सुधार

बीमा कम्पनीसँगै खुम्चियो व्यवसाय, सम्पत्ति बीमामा केही सुधार

काठमाडौं, १२ भदौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई चुक्तापुँजी बढाउन दवाव दियो । पूँजी वृद्धि गरेपछि कम्पनी मजबुत हुने र आफ्नो व्यवसाय पनि बढाउने प्राधिकरणको विश्वास थियो ।

प्राथिकरणको निर्देशन अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरू मर्जरमा पनि गए । अहिले २० वटा निर्जीवन बीमा कम्पनी घटेर १४ वटामा झरेका छन् भने १९ जीवन बीमा कम्पनी घटेर १४ वटामै झरेका छन् । तर, निर्जीवन बीमा कम्पनी घटेसँगै आफ्नो व्यवसाय विस्तारमा पनि कमी आएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को साउन र चालु आर्थिक वर्षको साउनमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय हेर्दा ५० करोड रुपैयाँले कमी आएको छ । गत वर्षको साउनमा चार अर्ब ४८ करोड २९ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेकामा चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ९८ करोड ५९ लाख मात्र कुल बीमाशूल्क अर्जन भएको छ ।

निर्जीवन बीमा कम्पनीहरूको संख्या घटेसँगै तिनीहरूले गर्ने व्यवसाय पनि खुम्चिएको छ । तर, पछिल्लो समय अर्थतन्त्रमा देखिएको असहज परिस्थितिले गर्दा बीमा गर्नेमा कमी आएको बीमा कम्पनीहरूको भनाइ छ । सम्पत्ति बिमामा भने गत वर्षको साउन महिनाको भन्दा यो वर्ष सुधार भएको छ ।

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले गत वर्षको तुलना सम्पत्ति बीमाशूल्क आर्जनमा यो वर्ष सुधार गरेका छन् । चालु वर्षको साउनमा सम्पत्ति बीमाबापत एक अर्ब १६ करोड ५७ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा सम्पत्ति बीमाबापत एक अर्ब ६ करोड १७ लाख रुपैयाँ आर्जन भएको थियो ।

सबैभन्दा बढी बीमाशूल्क संकलन बाग्मती प्रदेशमा भएको छ भने सबैभन्दा कम बिमाशूल्क आर्जन कर्णाली प्रदेशमा हुने गरेको छ । प्रधिकरणका अनुसार चालु वर्षको साउनमा बाग्मती प्रदेशमा दुई अर्ब ७७ करोड ९२ लाख र कर्णाली प्रदेशमा दुई करोड ६२ लाख रुपैयाँ बीमाशूल्क आर्जन भएको छ ।
यी प्रदेशमा गत वर्षकोभन्दा कम बीमाशूल्क आर्जन भएको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x