Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइएमईको व्यवसायीक यात्रा समेटिएको पुस्तक र भिडियो सामाग्री सार्वजनीक

आइएमईको व्यवसायीक यात्रा समेटिएको पुस्तक र भिडियो सामाग्री सार्वजनीक

काठमाडौं, २७ जेठ । आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यवसायिक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले उक्त पुस्तक÷भिडियो संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा १८ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्रययाउने कार्यको थालनी गरेको थियो । कुल ४८ पृष्ठ मोटो पुस्तक र ६ मिनेट लामो भिडियोमा आइएमईको व्यवसायीक यात्रा समावेश गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x