Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल बैंकलाई अझ प्रविधि मैत्री बनाइने

नेपाल बैंकलाई अझ प्रविधि मैत्री बनाइने

काठमाडौं, २७ जेठ । नेपाल बैंक लिमिटेडलाई आधुनिक र प्रविधिमैत्री बनाउने बताइएको छ । बैंकले राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरि आधुनिक प्रविधिको प्रयोगमा बैंकले पछिल्लो समय निकै ठुलो फड्को मारेको र आगामी दिनमा पनि बैंकिङ क्षेत्रमा उपलब्ध नयाँ नयाँ प्रविधिहरुलाई प्रयोग गर्दै ग्राहकलाई सहज सेवा उपलब्ध गराउने बताइएको छ ।

सोही अनुरुप २५ वटा शाखा कार्यालयलाई स्मार्ट शाखाको अवधारणा अनुरुप संचालनमा ल्याउने जानकारी दिइएको छ । यस्तै बैंकले यसै वर्ष २५ स्थानमा शाखा विस्तार गर्दै कुल शाखा संजाल १ सय ६० पु¥याउने लक्ष्य लिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले जानकारी गराए ।

यसका साथै केही वर्ष अघि सम्म ४.४८ प्रतिशत रहेको बैंकको निस्कृय कर्जा अनुपात अहिले भने २.९१ प्रतिशत मा झरेको उनले जानकारी दिए । बैंकले चालु आर्थिक वर्षको नौ महिनामा २ सय ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो आर्थिक वर्षको अन्त सम्ममा खुद मुनाफा रकम तीन अर्व रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

अहिले पनि यस नेपाल बैंक लिमिटेडसँग १५ अर्व रुपैयाँ भन्दा बढीको अचल सम्पति रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x