Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

युनाइटेडद्वारा गत वर्ष ६१.८८ करोड बिमा प्रिमियम संकलन

युनाइटेडद्वारा गत वर्ष ६१.८८ करोड बिमा प्रिमियम संकलन

काठमाडौं,२७ जेठ । युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७३÷७४मा कुल ६१ करोड ८८ लाख ५८ हजार रुपियाँ बिमा प्रिमियम संकलन गरेको छ । कम्पनीको चौबीसौ वार्षिक साधारण सभामा अध्यक्ष उदयकृष्ण उपाध्यायले अघिल्लो बर्षको तुलनामा विमा प्रिमियम १० प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनले कम्पनीको हालको लगांनी ७५ करोड ६९ लाख रहेको र चुक्ता पुजि ३० करोड २४ लाख रहेको तथा बिमा कोषमा २१ करोड ४७ लाख रुपियाँ पुगेको बताए ।

कम्पनीले बिमितहरुलाई प्रभावकारी रुपमा सेवा उपलब्ध गराउन नविकरण तथा दावी भुक्तानी सूचना मोबाइलबाट उपलब्ध गराउने गरेको, शाखा विस्तारलाई निरन्तरता दिइने, कर्मचारीलाई निरन्तर तालीम उपलब्ध गराउने र कम्युटर प्रणालीलाई अनलाइन गर्ने कार्यलाई निरन्तरता दिंदै आएको कम्पनीले जनाएको छ । कम्पनीको नकारात्मक जगेडा कोष आगामी आर्थिक बर्षसम्ममा सकारात्मक हुने आशा गरेको पनि उनले बताए ।

कम्पनी अध्यक्ष उपाध्यायले आगामी दिनमा बीमाको पहुँच विस्तारलाई तीब्र बनाउने प्रविद्धता व्यक्त गर्दै बीमा समितिको निर्देशन अनुसार पुँजी बृद्धिका लागि तत्पर रहेको कम्पनीले विगत २४ बर्षदेखि बीमा सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x