Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजारमा २५ अंकको गिरावट

सेयर बजारमा २५ अंकको गिरावट

काठमाडौं, २७ जेठ । आइतबार सेयर बजारमा गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार २५.४३ अंकले घटेर बन्द भएको छ । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ ।

आइतबार कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक घटेको छ । त्यसमा पनि सबैभन्दा बढी बीमा समूहको परिसूचक २१७.२४ अंकले घटेको छ । होटल समूहको परिसूचक ५४.४६, माईक्रोफाइनान्स समूहको परिसूचक ४३.९६, हाइड्रोपावर २७.२७ अंकले घटेको छ ।

त्यस्तै कारोबार भने आज १६२ कम्पनीको ४४ करोड रुपैयाँ बराबरको भएको छ । त्यसमा पनि मेगा नेपाल लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x