एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८

काठमाडौं, २७ जेठ । हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ । यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु-याउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अवार्ड प्रायोजनको रकम ५ लाख ४ हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *