Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको छ: चन्द्र ढकाल

अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको छ: चन्द्र ढकाल

काठमाडाैं, १३ भदाै ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।

बाह्रखरी मिडियाले आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा उनले भने, “कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ ।”

उनले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना लागि मात्र कुरा उठाए भन्नेजस्ता धारणा राख्ने गरेका र यसबाट परिस्थिति बिग्रिँदै गएको बताए ।

सो कार्यक्रममा मुलुकको निजी क्षेत्रको नेतृत्वका रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, “विगतमा पनि कहिले नेपाल श्रीलङ्का हुने भयो भन्ने त्रास देखाउने र अनावश्यक नीति अख्तियार गर्ने तथा कहिले निर्यात प्रतिबन्धजस्ता कुरामा हामीले सरकारलाई सुझाउँदा व्यापारीले आफ्ना मात्र कुरा गरे भन्ने आरोप लाग्ने गरेकाले यस्तो अवस्था आएको हो ।”

पहिलेदेखि र अहिले पनि मुलुकको निजी क्षेत्रले कहिल्यै पनि आफ्ना मात्र कुरा राख्ने नगरेको र यो नीतिगत सुधारदेखि लिएर सबै कुरा आफूहरुले समग्र मुलुककै अर्थतन्त्रको सुधारका लागि राख्ने गरेको उनले स्पष्ट पारे । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामक निकाय सबै एकै ठाउँमा आउनुको विकल्प नरहेकाे उनकाे भनाइ छ ।

अहिले पनि देशमा माग, आपूर्तिजस्ता क्षेत्रमा देखिएको ‘ग्याप’ को विश्लेषण गर्नुका साथै वैदेशिक लगानीलाई बढीभन्दा बढी मात्रामा व्यावहारिक रुपमै आकर्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले बैंकको ब्यादर नघटेसम्म व्यवसायमा विकास हुन नसक्ने बताए ।उच्च ब्याजदर, नगद प्रवाहमा समस्या, उत्पादमा कमी, लगानीयोग्य योजना स्थगन, पुँजीगत खर्चमा भएको कमीलगागयतका कारणले व्यवसायीको मनोवल गिरेकाे भन्दै उनले यस्ता प्रमुख चुनौतीमा सामाना गर्दै माथि उकास्न निजी क्षेत्रको मनोवल बढ्नु पर्ने बताए ।

यस्तै उनले बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । गत वर्षको तुलनामा ११ प्रतिशत कम खर्च भएको बताउँदै उनले खर्च नभए अर्थतन्त्र संकुचन हुने समेत बताए ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकले कर्जासम्बन्धी निर्देशिकामा गरेको संशोधनले व्यवसायीलाई समस्यामा पार्ने बताए ।

‘हामीले समूहमा कर्जा लिँदा १०० रुपैयाँ लिए २५/२५ चार ठाउँ हुने र एक डिफल्ट भयो भने सबै कालोसूचीमा पर्ने प्रवधान राम्रो होइन । एक कालोसूचीमा पर्दा चार नै कालोसूचीमा पर्ने नीति ल्याएको ठीक छैन,’ उनले भने, ‘यसको विरोध गरौँ । यो भयो भने उद्योग व्यवसाय गर्न सकिँदैन ।’

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x