Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एसिया कपको उद्धघाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

एसिया कपको उद्धघाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

काठमाडाैं, १३ भदाै । नेपाल एसिया कपको उद्धघाटन खेलमा पाकिस्तानसँग पराजित भएको छ । नेपालले पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले हार बेहाेरेकाे हाे । जितका लागि ३ सय ४३ रनको विशाल पाएकाे नेपाल २३.४ ओभरमा १ सय ४ रन मै अल आउट भयो ।

नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए ।

नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो । यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हार्न पुगेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x