अर्थमन्त्री खतिवडा लगानी बोर्डको उपाध्यक्ष नियुक्त

काठमाडौं, २७ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडा लगानी बोर्डको उपाध्यक्षमा नियुक्त भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्ड ऐनको दफा ३ (ख) अनुसार अर्थमन्त्री खतिवडालाई आज उपाध्यक्षमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री अध्यक्ष रहेने लगानी बोर्डको बैठक अध्यक्षले नै गर्नुपर्ने भएपनि उपाध्यक्षले बैठकमा प्रवेश गराइने एजेण्डाहरुका सम्बन्धमा ब्रिफिङ लिने र त्यसमा थप राय सुझाव दिएर परिपक्व एजेण्डाहरुलाई मात्र बोर्ड बैठकमा प्रवेश गराउनेछन् । त्यस्तै, निर्णयहरुको कार्यान्वयनका सम्बन्धमा पनि उपाध्यक्षले जानकारी लिने, फलोअप गर्ने तथा त्यसलाई सरलीकरण गराउन भूमिका निर्वाह गर्नेछन् । यसअघि पनि तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाको समयमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत, पुष्पकमल दाहाल सरकारका उद्योमन्त्री नवीन्द्रराज जोशी र शेरबहादुर देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की बोर्डको उपाध्यक्ष रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *