Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

१ लाख ८७ हजार रोजगारी थपिए पनि अमेरिकामा किन बढ्याे बेरोजगारी दर

१ लाख ८७ हजार रोजगारी थपिए पनि अमेरिकामा किन बढ्याे बेरोजगारी दर

काठमाडौँ, १६ भदौ । संयुक्त राज्य अमेरिकामा गत महिना बेरोजगारी दरमा आश्चर्यजनक वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । बेरोजगारी सन् २०२२ को सुरुदेखि नै उच्च स्तरमा पुगेको छ ।

श्रम विभागका अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले अगस्टमा एक लाख ८७ हजार रोजगारी थपेको छ, तर ज्याला वृद्धिमा सुस्तता देखिएको र बेरोजगार दर ३.८ प्रतिशत पुगेको छ।

जुन र जुलाईका लागि रोजगारीको आँकडा दुवमा गिरावट आएको छ । नयाँ नियुक्ति लिनेहरूको समग्र सङ्ख्याहरूले भर्तीको स्थिर गतिलाई सङ्केत गर्दछ भने श्रम बजारले सहजताको सङ्केत देखाउँदछ ।

नीति निर्माताहरूले माग कम गर्न र उच्च मुद्रास्फीतिमा लगाम लगाउन सङ्घर्ष गरिरहेका छन् । फेडरल रिजर्भले ब्याज दरहरूलाई द्रूत गतिमा वृद्धि गरेको छ । हालै, फेडले ब्याज दरहरूलाई दुई दशकभन्दा बढीको उच्चतम स्तरमा ल्याएको छ, तर केन्द्रीय बैंकले आगामी निर्णयहरूमा डाटामा निर्भर रहने प्रतिबद्धता पनि जनाएको छ ।

तुलनात्मक रूपमा बलियो श्रम बजारले संयुक्त राज्य अमेरिकाले अर्थव्यवस्थालाई मन्दीमा नपारी मुद्रास्फीति लाई कम गर्न सक्छ भन्ने आशाहरू थपेको छ ।

शुक्रबार श्रम विभागको तथ्याङ्कअनुसार अगष्टमा औसत प्रतिघण्टा आम्दानी ०.२ प्रतिशतले बढेको छ । यद्यपि, अघिल्लो महिना (अगस्ट) को पहिलो पाक्षिकको तुलनामा महिनाको अन्त्यमा समग्र वृद्धिमा कमी आएको छ ।

कुनै पूर्व कार्य अनुभव नभएका व्यक्तिहरूको उल्लेख गर्दै सार्वजनिक शुक्रबारको रिपोर्टअनुसार बेरोजगारहरूमध्ये ‘नयाँ प्रवेशकर्ताहरू’ को सङ्ख्या पनि बढेको छ ।

मोर्टगेज बैंकर्स एसोसिएसनका प्रमुख अर्थशास्त्री माइक फ्राटान्टोनीले भने, “ जुन र जुलाईको लागि रोजगार वृद्धिको दरमा श्रम मूल्यमा आएको गिरावटका साथ अगस्टमा पेरोल रोजगारी बढेको छ ।

उनले भने,“पछिल्लो तीन महिनामा औसतमा एक लाख ५० हजार मात्रै रोजगारी सिर्जना भएको छ।

श्रम विभागले स्वास्थ्य सेवा, अवकाश र आतिथ्य, सामाजिक सहायता र निर्माण क्षेत्रमा रोजगारीको क्रम जारी रहेको उल्लेख गरेको छ । यसबीचमा यातायात र गोदाममा रोजगारी घटेको छ ।

तर ईवाई–पार्थेनननका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकाका अनुसारे गत महिना स्क्रिन एक्टर्स गिल्ड (एसएजी–एएफटीआरए) का करिब १६ हजार कामदारहरू सर्वेक्षण अवधिमा हडतालमा उत्रेका र यसकारण सूचना क्षेत्रका करिब १५ हजार रोजगारीका अवसर गुमेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x