Date

बिहि, चैत्र २७, २०८१
Thu, April 10, 2025

सेजनकाे २५ औं वार्षिक साधारणसभा: नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

सेजनकाे २५ औं वार्षिक साधारणसभा: नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

काठमाडाैं, १६ भदाै । नेपाल आर्थिक पत्रकार समाज  (सेजन) काे २५ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । यसका लागि शनिबार अध्यक्ष पदका लागि ३ जना पत्यासित काराेबारकी सरस्वती ढकाल, नेपाल लाइभ टुडेका सम्पादक शिरोमणि ढुंगाना र क्यापिटल नेपालका संवाददाता सुजन ओली भिड्दैछन् ।

उपाध्यक्षमा हालका महासचिव भागवत भट्टराई र विनय बञ्जाराले उम्मेदवारी दिएका छन्।

महासचिवमा भने गोरखापत्र दैनिकका विश्वास रेग्मी सर्वसम्मत भइसकेका छन्। यसैगरी सचिव पदमा नयाँ पत्रिकाकी मुना कुँवर,  क्लिकमाण्डुका शोभित थपलिया र द राइजिङ नेपालकी रञ्जु काफ्ले उम्मेदवार छन्।

कोषाध्यक्षमा अनलाइन खबरका अच्युत पुरी र नेपाल टेलिभिजनकी कमला अर्यालको उम्मेदवारी परेको छ।

पाँच जना कार्यसमिति सदस्यका लागि सात जनाको उम्मेदवारी परेको छ। उकालो डटकमकी केशु लामिछाने, कारोबार दैनिककी कौशिला कुँवर, नयाँ पत्रिकाका पवन तिमल्सिना, अन्नपूर्ण पोस्टकी ममता थापा, बिजमाण्डुका वसन्तराज उप्रेती, एनएनटिभीका छवि सापकोटा र राससका हेमन्तराज जोशीले सदस्यमा उम्मेदवारी दिएका छन्।

शनिबार अपह्रान्न १२ बजेदेखि दिउसाे ४ बजे सम्म मतदान हुँदैछ । साथै मतदान सकिए लगत्तै मतगणना गरीने र आज साभसम्म चुनावकाे नतिजा प्रकाशित गर्ने याेजना रहेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x