Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

व्यवसायीहरुको आफूखुसी बजार मूल्यले महङ्गो भयो उपभोक्ताको भान्सा

व्यवसायीहरुको आफूखुसी बजार मूल्यले महङ्गो भयो उपभोक्ताको भान्सा

‍काठमाडौं, २८ जेठ ।  व्यवसायीले आफूखुसी उपभोग्य वस्तुको मूल्य वृद्धि गरेसँगै दैनिक उपभोग्य बस्तुक भाउ आकासिएको छ ।  सरकारले कर बढाएको र भ्याट छुट हटाएको भन्दै व्यवसायीहरुले  बजेट सार्वजनिक भएको भोलिपल्टदेखि नै विभिन्न प्रकारका उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका हुन्।  बजेटमा कर सम्मवन्धी नयाँ ब्यवस्था आगामी साउन देखि लागु हुने भएपनि ब्यवसायीले तत्कालै गरेको दैनिक उपभोग्य बस्तुमा भएको मुल्य बृद्धिले उपभोक्ताको भान्सा महङ्गो बनाएको छ । चामल, खानेतेल, दाल, गेडागुडी, चिनीलगायत वस्तुको मूल्य वृद्धि गरेका छन्। नेपाल खुद्रा व्यापार संघका अनुसार बजेट आएपछि थोक बिक्रेताले प्रत्येक दैनिक उपभोग्य वस्तुको मूल्य १० देखि एक सय ५० रुपैयाँसम्म वृद्धि गरी सामान बजारमा पठाएका छन्। थोक बिक्रेताले सबै प्रकारका खाने तेलमा प्रतिलिटरमा १५ देखि २० रुपैयाँ मूल्य बढाएको छ ।

बजेटअघिसम्म एक सय १५ रुपैयाँ मूल्य रहेको सोयाबिन (भटमास) को तेलको मूल्य अहिले एक सय ३० रुपैयाँ पुयाइएको छ। यस्तै एक सय २० रुपैयाँमा पाइने सनफ्लावरको तेलको मूल्य एक सय ३५ मा पुगेको छ। एक सय २० रुपैयाँको तोरीको तेलको मूल्य वृद्धि गरी एक सय ४० पुयाइएका छन् । यसैगरी प्रतिकिलो एक सय १५ मा बिक्री भएको वनस्पति घिउलाई अहिले एक सय ३५ रुपैयाँ कायम गरिएको छ। यसै गरी चालमको जातअनुसार २०, २५ र ३० किलोको बोरामा थोक बिक्रेताले ५० देखि डेढ सय रुपैयाँसम्म मूल्य वृद्धि गरी बजारमा पठाएका छन्।  यस्तै ७० रुपिया रहेको चिनिको मुल्य पनि पसलै पिच्छे फरक छ । ८० देखि ९५ रुपैयाँसम्म उपभोक्ता मूल्य कायम गरी बिक्री भइरहेको छ। दालतर्फ मासको दालतर्फ १५ रुपैयाँ वृद्धि गरी ८५ रुपैयाँ उपभोक्ता मूल्य कायम गरिएको छ । अन्य दालमा पनि प्रतिकिलोमा ५ देखि १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ।

बजेटले सरकारले प्रदान गर्दै आएको मुल्य अभिवृद्धि कर छुट ४० प्रतिशत गराएको १ प्रतिशत भन्सार महसुल वृद्धि गरी ५ प्रतिशत पुयाएकाले लागत मूल्य बढ्दा उपभोक्ता मूल्य वृद्धि गरिएको ब्यवसायीको भनाइ छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x