Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

एनआइसी एसिया बैंकको ‘धनवर्षा मुद्दती निक्षेप योजना’

एनआइसी एसिया बैंकको ‘धनवर्षा मुद्दती निक्षेप योजना’

काठमाडौं, २८ जेठ । एनआईसी एसिया बैंक लिमिटेडले सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । बैंकले मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याजप्रदान गर्ने गरि ‘धनवर्षा मुद्दती निक्षेप योजना ’ संचालनमा ल्याएको हो ।

यस अघि पनि सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहक माझ निकै लोकप्रिय बनेको बैंकले जनाएको छ । सो अवधीको ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएका बैंकले जानकारी दिएको छ । यस पटक समेत धनबर्षा मुद्दती योजनाबाट बढि भन्दा बढि व्यक्तिगत एवम् संस्थागत ग्राहकहरुले लाभ उठाउने विश्वास बैंकले लिएको छ ।

यस योजना अन्तर्गत देशभर रहेका एनआईसी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाताखोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउन सकिने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x