Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

उत्तार चढाबका बीच सेयर बजार ९ अंकले बढेर बन्द

उत्तार चढाबका बीच सेयर बजार ९ अंकले बढेर बन्द

काठमाडौं, २८ जेठ । आइतबार २५ अंकले घटेको सेयर बजारमा सोमबार भने केही सुधार देखिएको छ । कारोबारको एक घण्टा सम्म घटेको बजार त्यसपछि एकएक बढ्न थालेको थियो । २७ अंक सम्मले बढेको बजार अन्तमा ९.५५ अंकले मात्र बढेर बन्द भयो ।

पछिल्ला दिनहरुमा निरन्तर घटिरहेको बजारमा नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर कर्जाको सिमालाई खुकुलो पार्ने हल्लाले सुधार आएको विश्लेषण गरिएको छ ।

सोमबार व्यापार, फाइनान्स र विकास बैंक समूहको परिसूचक ओरालो लागेपनि अन्य सबै समूहको परिसूचक सकारात्मक देखिएको छ । व्यापार समूहको परिसूचक २.९६, फाइनान्स समूहको ३.७१ र विकास बैंक समूहको परिसूचक ३.७१ अंकले घटेको छ भने विमा समूहको परिसूचक १०२, होटल समूहको ६०.६७, माइक्रोफाइनान्स २२.८९, बैंकिङ समूह ६.३, हाइड्रोपावर ५.६४, उत्पादन तथा प्रशोधन ७.३८ र अन्य समूहको परिसूचक ३.४८ अंकले बढेको छ । सो दिन एक सय ७० कम्पनीको ४३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x