Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

असार ३ र ४ गते अन्तर्राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि सम्मेलन हुदै

असार ३ र ४ गते अन्तर्राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि सम्मेलन हुदै

काठमाडौं, २८ जेठ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले आँउदो असार ३ र ४ गते २ दिने अन्तर्राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि सम्मेलन आयोजना गर्ने भएको छ । सुचना प्रविधीको उच्चतम प्रयोगमा जुटिरहेको नेपाली समाजलाई थप सशक्त र अभ्यस्त बनाउन सम्मेलनले टेवा पु्याउने विश्वास क्यानले लिएको छ ।

स्मार्ट सिटीका लागी दिगो विकास भन्ने मुल नाराका साथ हुने सम्मेलनमा नेपाल सरकारको पनि उच्च स्तरीय सहभागीता रहने जनाइएको छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासको लक्ष्यमा सुचना प्रविधीको प्रयोगबारे सरकारका तर्फबाट अहिले सम्म भइरहेको प्रयास र सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सुचना प्रविधीको प्रयोग र विस्तार सम्बन्धी विषय कार्यान्वयन गर्न आगामी दिनमा चाल्ने कदमबारे जानकारी दिने छन् ।

सम्मेलनमा चीन, भारत, मलेसीया, सिंगपुर, श्रिलंका, बंलादेश र दक्षिणकोरिया तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीका विषयगत विशेषज्ञहरुले पुर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवा तर्फ सुचना प्रविधीको प्रयोगका स्थिती, उपलब्धी र भावि योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन । साथै स्थानीय सरकारका प्रतिनिधीहरुको उपस्थितीमा स्मार्ट नगरपालीका निमार्ण सम्बन्धी अवधारणपत्र नेपाल सरकार, सुचना प्रविधी मन्त्रालय र अन्य सम्बन्धीत निकायलाई हस्तान्तरण गरिने छ ।

सहरी विकास मन्त्रालय अन्र्तगत स्मार्ट सिटीको मास्टर प्लान बनाउने कार्य प्रवद्र्धन गर्ने उद्देश्ले सुचना प्रविधीको क्षेत्रसँग सम्बन्धीत योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजना समेत रहेको क्यान महासंघका महासचिव रञ्जित पोदारले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x