Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिभिल बैंकले बचत र मद्दती निक्षेपमा उच्च व्याज दिने

सिभिल बैंकले बचत र मद्दती निक्षेपमा उच्च व्याज दिने

काठमाडौं, २८ जेठ । सिभिल बैंकले “चन्द्रसूर्य बचत खाता” नामक नयाँ निक्षेप योजना ल्याएको छ । यस बचत खातामा बैंकले वार्षिक १० प्रतिशत व्याज दिने जनाएको छ । न्यूनतम मौज्दात १० हजार रुपैयाँमा खाता खोल्न सकिने यस निक्षेप योजनामा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा पाँच लाख रुपैयाँसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमाका साथै ग्राहकहरुलाई ग्राहकहरुकै घरदैलोमा गई सेवा दिने बैंकले बताएको छ ।

यस्तै, बैंकले २२२ दिने मुद्दती खाता समेत संचालनमा ल्याएको छ । बैकले उक्त मुद्दती निक्षेपमा वार्षिक १२.२२ प्रतिशत व्याज दिने बताएको छ । यो खाताको न्यूनतम मौज्दात तीन लाख रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x