शेयर बजारमा झीनो अंकको वृद्धि, १ अर्ब १ करोडको कारोबार
काठमाडौं,१८ भदौ । साताको दोस्रो कारोबार दिन धितोपत्र बजारमा झीनो वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक ७.०७ अंकले बढेर १९६७.८३ अंकमा समेटिएको छ ।
सोमवार २७० धितोपत्रको कारोबार हुँदा १२६ ओटाको मूल्य बढेको छ भने ८९ ओटाको घटेको छ । १४ धितोपत्रको मूल्य भने यथावत् छ । यस दिन ३४ लाख ३२ हजार २६७ कित्ता शेयर खरीदविक्री हुँदा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएकामध्ये वित्त समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् । सर्वाधिक शेयरमूल्य बढ्ने समूहमा व्यापार रहेको छ । जसको उपसूचक १.०६ प्रतिशतले बढेको छ ।