नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त
काठमाडौं, १९ भदाै । नेपाल क्लियरिङ हाउसको सञ्चालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् । भदौ १७ गते बसेकाे सञ्चालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो ।
यसअघि सञचालक रहेका रिलायन्स फाइनान्स लिमिटेडका समाज प्रकाश श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतमा पद्दोनति भएसँगै उक्त सञ्चालक पद रिक्त थियो ।
अमित श्रेष्ठसँग वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढिको अनुभव छ ।