एनएमबी बैंकबाट यसरी पाउन सकिन्छ बिनाधिताे दुई लाखसम्म कर्जा
काठमाडाैं, १९ भदाै । यदि तपाईं बिनाधिताे कर्जा लिन खाेजिरहनु भएकाे छ भने याे तपाईंका लागि सजिलाे बिकल्प हुन सक्छ । एनएमबी बैंकले तपाईंलाई यस्ताे सुबिधा उपलब्ध गराउने भएकाे हाे ।
अब तपाईंले एनएमबी बैंकको क्यूआर कोड राख्नुभयाे भने दुई लाख रुपैयाँसम्मको कर्जा पाउन सक्नुहुनेछ । बैंकले सजिलो क्यूआर कर्जा कार्यक्रमअन्तर्गत यस्तो सुविधा ग्राहकमाझ ल्याएको हो ।
तर, यो सुविधा आफ्नो व्यापार तथा व्यवसायको अनलाइन भुक्तानीका लागि एनएमबी बैंकको क्यूआर कोड राख्नेहरूले मात्रै पाउनेछन् ।व्यवसाय एकल स्वामित्व तथा साझेदारीमा सञ्चालित व्यवसायिक कम्पनीको रूपमा रहेको हुनुपर्छ ।
यस्तो कर्जा धितोबिना मात्र नभई छिटो, आवश्यक कागजात झन्झटबिना डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।
साथै, एनएमबी क्यूआरमार्फत कम्तीमा एक वर्षदेखि सक्रियतापूर्वक कारोबार गरेको र प्रमाणित केवाईसीसहित एनएमबी बैंकमा खाता समेत खोलेको हुनुपर्छ । तर, अन्य कागजात भने आवश्यक नपर्ने बैंकले जनाएको छ । तीन महिनादेखि बढीमा २४ महिनासम्मका लागि यस्तो कर्जा उपलब्ध हुनेछ ।