युक्रेनी खाद्यान्न निर्यातमा पुटिनलाई मनाउन सफल होला टर्की ?
काठमाडौं, २० भदौ । रुससँगको तनावका कारण यतिबेला टर्कीको अर्थतन्त्र धराशयी भएको छ । डेढ वर्षभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य हुने कुनै संकेत छैन । यसबीचमा दुवैतर्फ मानवीय क्षति भएको छ । तुलनात्मक रूपमा टर्कीमा भएको मानवीय र भौतिक क्षति रुसको तुलनामा धेरै गुणा बढी छ ।
युक्रेनको अर्थतन्त्रमा सबैभन्दा ठूलो भरथेग भएको क्षेत्र खाद्यान्न, खाद्य तेल र प्राकृतिक ग्यास हो । तर युद्धका कारण यी सबैको निर्यात नराम्ररी प्रभावित भएको छ । त्यसमाथि पनि खाद्यान्न निर्यात हुन नसक्दा करोडौं मेट्रिक टन थुप्रिएर बसेको छ । युक्रेन खाद्यान्न आपूर्ति चक्र प्रभावित हुँदा उसको अर्थतन्त्र धराशयी भएको मात्र होइन, तेस्रो विश्वमा खाद्यान्नको मुद्रास्फीति समेत चुलिएको छ ।
युद्धकै बीच गतवर्ष जुलाईमा युक्रेन, युरोपेली संघ र अमेरिकाको पहल तथा संयक्त राष्ट्र संघ र युक्रेनको मध्यस्तथामा युक्रेनको खाद्यान्न ब्ल्याक सी भएर निर्यातका लागि युक्रेनी पूर्वाधार मन्त्री र रुसी रक्षामन्त्रीले सम्झौता गरेका थिए, सम्झौताको मान्य अवधि ४ महीना रहेको थियो । उक्त सम्झौता सकिएसँगै युक्रेनका खाद्यान्न निर्यात पुनः ठप्प भएको छ ।
यसैबीच, युक्रेनको खाद्यान्न निर्यातमा सहज बनाउन टर्कीले पुनः मध्यस्थताको पहल गर्ने भएको छ । राष्ट्रपति उर्दोगान र संयुक्त राष्ट्रसङ्घका प्रमुखबीच ‘ब्ल्याक सी खाद्यान्न सम्झौता’बारे छलफल हुने बताइएको छ । ‘ब्ल्याक सी’ मा भएको खाद्यान्न सम्झौतालाई पुन ः कार्यान्वयनमा ल्याउने मध्यस्थताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग निकट सम्पर्कमा रहेको टर्कीले जानकारी गराएको छ ।
एर्दोआनलाई उद्धृत गर्दै अर्धसरकारी अनादोलु एजेन्सीले दिएको समाचारमा मङ्गलबार भनिएको छ, ‘छिट्टै नै ‘राम्रो परिणाम’ प्राप्त हुने विश्वास लिइएको छ ।’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार रूसको ‘ब्ल्याक सी’ रिसोर्ट सोचीमा भएको भेटपछि अनादोलुले मङ्गलबार उल्लेख गरेको छ, ‘टर्की ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ पुनः सुरु गर्न संयुक्त राष्ट्रसङ्घसँग राष्ट्रपति एर्दोगान निकट सम्पर्कमा रहनुभएको छ र आगामी महासभाका अवसरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग यस विषयमा छलफल गर्नुहुनेछ ।’
टर्कीका राष्ट्रपतिले पुटिनसँग सम्झौतालाई पुन: जीवित गर्नका लागि रूसका दुई मुख्य शर्तहरू रहेको बताएका छन् । मस्कोले खाद्यान्न निर्यातको भुक्तानी सहज गराउन आफ्नो कृषि बैङ्कलाई स्विफ्ट भुक्तानी प्रणालीमा पुनः जडान गर्ने र सम्झौतामा सम्लग्न रूसी जहाजहरूको लागि बीमा प्रदान गरिनुपर्ने मुख्य दुई शर्तहरू रहेको महासचिव गुटेर्रेसलाई जानकारी गराएको एर्दोगानले बताएका छन् ।
एर्दोगानले संयुक्त राष्ट्रसङ्घले हालै रूसको एउटा मागलाई सम्बोधन गर्ने प्रस्ताव अघि सारेको पनि बताएका छन् । भएको खाद्यान्न सम्झौतालाई रूसले जुलाईमा आफ्नो समकक्षीहरूको अपूर्ण दायित्वको आरोप लगाउँदै यसबाट पछि हट्ने निर्णय गरेपछि सम्झौता भङ्ग भएको थियो ।