Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ट्रम्प-किमबीच एक्लाएक्लै भेटवार्ता सम्पन्न

ट्रम्प-किमबीच एक्लाएक्लै भेटवार्ता सम्पन्न

विश्वको राजनीतिमा निकै ऐतिहासिक मानिएको अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उत्तर कोरियाका शासक किम जोम उनबीच भेटवार्ता  भएको छ । सिङ्गपुरको सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा  ट्रम्प र उन बीच  करिब ५० मिनेट जति कुराकानी भएको छ ।

सिएननका अनुशार भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘हामी दुईबीच राम्रो सम्वन्ध छ । म र किम मिलेर ठूला समस्याको समाधान निकाल्ने छौं । हामी मिलेर काम गर्ने छौं । हामीले हरतरहले उत्तर कोरियाको ध्यान राख्नेछौं । म यो वार्ताबाट निकै आश्वस्त छु । हामीलाई सफलता मिल्ने छ र हाम्रो सम्बन्ध पनि शानदार रहने छ ।’

विश्व राजनीतिमा निकै दुर्लभ र निकै चासोको रुपमा लिइएको दुइ बीचको वार्तामा हुने छलफल र सहमतिले विश्वको राजनीतिलाई नयाँ ढंगले अगाडि विश्वास गरिएको छ । उत्तर कोरिया स्थापना भएपछि बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x