Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

गैरआवासीय नेपालीले नेपालमा शेयर कारोबार गर्न पाउने, आईपीओ १०० रुपैयाँमा नै आउँदै

गैरआवासीय नेपालीले नेपालमा शेयर कारोबार गर्न पाउने, आईपीओ १०० रुपैयाँमा नै आउँदै

काठमाडौं, २१ भदौ । नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गरी गैरआवासीय नेपालीलाई पनि धितोपत्र दोस्रो बजारमा कारोबार खुला गरेको छ । तर, गैरआवासीय नेपालीले ‘एनआरए नेपाल डेभलपमेन्ट फण्ड’ को आईपीओ मार्फत दोस्रो बजारमा प्रवेश गर्नुपर्ने छ ।

साढे दुई वर्षअघि स्थापन भएको यो कम्पनीले अब आईपीओ निष्कासन प्रक्रिया थालेको छ । ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०८०’ सातौं संशोधन गरी गैरआवासीय नेपालीले आईपीओ खरिद गर्न पाउने व्यवस्था गरिएको हो ।

यो व्यवस्था भएसँगै अब ८५ वटा देशमा भएका गैरआवासीय नेपालीले ‘एनआरए नेपाल डेभलपमेन्ट फण्ड’ को १०० रुपैयाँमै आईपीओ खरिद गर्न सक्ने फण्डका प्रमुख कार्याकारी अधिकारी (सीईओ) अनलराज भट्टराईले बताए । “नियमावली संशोधन गरेर एनआरएनहरूलाई दोस्रो बजारमा आउने बाटो खुला भएको छ । ‘एनआरए नेपाल डेभलपमेन्ट फण्ड’मार्फत ८५ देशमा भएका एनआरएनहरूले अब फस भ्याल्लुमै आईपीओ खरिद गर्न सक्नु हुने छ,” उनले भने, “यो शेयर नेपाल स्टक एक्चेन्जमा कारोबार हुन्छ । तर, यो सेयर गैर आवासीय नेपालीहरूबीच मात्र कारोबार हुनेछ ।”

अब ‘एनआरए नेपाल डेभलपमेन्ट फण्ड’ आईपीओको प्रक्रियामा अगाडि बढ्ने भट्टराईले बताए ।
नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ को घोषणा भएको छ ।

एनआरएन नेपाल डेभलपमेन्ट फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ । यो फण्ड २०७७ चैत ३० गते एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x