Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सर्वसाधारणका लागि ६० कराेडकाे आइपीओ जारी गर्दै राष्ट्रिय खाद्य बैंक

सर्वसाधारणका लागि ६० कराेडकाे आइपीओ जारी गर्दै राष्ट्रिय खाद्य बैंक

काठमाडौं, २१ भदाै । नीजि क्षेत्रकाे लगानीमा रहेकाे नेपालकाे पहिलाे राष्ट्रिय खाद्य बैंकले आइपीओ निस्काशन गर्ने भएकाे छ । २ अर्ब पूँजी लगानी गरेकाे बैंकले सर्वसाधारणका लागि यसकाे ३० प्रतिशत अर्थात ६० कराेडकाे आइपीओ निष्कासन गर्ने भएकाे हाे । बाँकी १४० कराेड सेयर भने संस्थापक सेयर धनीकाे हुनेछ।

एक लाखभन्दा बढी स्थानीय किसानहरूसँग सहकार्य गर्दै आइरहेको खाद्य बैंकमा अहिले ८५० भन्दा बढी प्रमोटर शेयर सदस्य सहभागी छन् ।

कृषिमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित बैंकले उत्पादन भण्डारण बिक्री वितरणसहित रैथाने बालीको संरक्षण र अर्गानिक कृषि उत्पादन बिक्री गर्दै आएको छ । बैंकले विषादीरहित स्वस्थ खानेकुराहरू मात्र बजारिकरण गर्ने गरेकाे अधयक्ष शंकरनाथ उप्रेतीले बताए।

गुणस्तयुक्त खाद्य सामग्रीलाई भण्डारण गरी बैंकले आफ्नै सेल्स डिपोमार्फत् होम डेलिभरी गरीरहेकाे छ ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x