नेप्सेमा २८.९२ अंककाे गिरावट, काराेबार रकम भने बढ्याे
काठमाडौं, २१ भदाै । बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक २९ दशमलव ९२ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ४५ काे विन्दुमा झरेकाे छ ।
मंगलबार २७६ धितोपत्रको कारोबार हुँदा २०३ ओटाको मूल्य घटेको छ भने २१ ओटाको बढेको छ । ४ धितोपत्रको मूल्य भने यथावत् छ । यस दिन ३७ लाख ६९ हजार ३३ कित्ता शेयर खरीदविक्री हुँदा १ अर्ब १५ करोड ९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै समुहका उपसूचक घटेका छन् । सर्वाधिक शेयरमूल्य घट्ने समूहमा हाइड्राेपावर र अन्य समुह रहेका छन् । जसकाे उपसूचक क्रमशः २.५२ र २.०४ प्रतिशतले घटेको छ ।