Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

नेपाल वायुसेवा निगमकाे काठमाडौं-दमाम सिधा उडान शुरू

नेपाल वायुसेवा निगमकाे काठमाडौं-दमाम सिधा उडान शुरू

काठमाडाैं, २१ भदाैं । नेपाल वायुसेवा निगमले भाद्र २० गते (६ सेप्टेम्बर २०२३) देखि काठमाडौबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान  शुरु गरेको छ । उडान तालिका अनुसार काठमाडौबाट २२:४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु रहेका थिए भने फर्कदा ११७ जना यात्रु रहेका थिए ।

काठमाडौ दमाम काठमाडौ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधवार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइट www.nepalairlines.com.np मा लगइन गरि अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *