Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं, २४ भदाै ।  हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्दैछ । एयरलाइन्सले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेकोमा खुसी व्यक्त गरे । धेरै चिनियाँ नागरिकलाई पाहुनाको रूपमा नेपाल भित्र्याउन सके र ग्रामीण संस्कृतिको जरासम्म पुर्‍याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने मन्त्री किरातीकाे भनाइ छ ।

चीनका विभिन्न सहरबाट पोखराको सहरमा उडान गर्नको लागि चिनियाँ राजदुतसँग आग्रह गर्दै मन्त्री किरातीले काठमाडौं–पोखरा–चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x