Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सिप्रदी अटोपार्टसद्वारा रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना

सिप्रदी अटोपार्टसद्वारा रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना

काठमाडाैं, २४ भदाै । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा टाटालाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाइ साथमा लिएर अगाडी बढ्ने बताए ।

सिप्रदीले प्राविधिकहरुलाई आधुनिक प्रविधिहरुको तालिम उपलब्ध गराई रहेको जानकरी गराउँदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जनता प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरी सम्मानित भएका थिए ।

कार्यक्रममा खुद्रा बिक्रेताहरुको वित्तीय व्यवस्थापनको लागी सिप्रदीले नबिल बैंक सँग समझौता गरको र नयाँ प्रविधिसंग अभ्यास हुन डायनामिक टेक्नोसफ्ट सँग समझौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराए। श्रेष्ठले ग्राहकलाइ टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस भनी सिप्रदीले अनलाइन स्टोर दराज सँग समझौता गरि दराजमा उपलब्ध गराएको उल्लेख गरे ।

कार्यक्रममा टाटा मोटर्स अन्तरराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रविधिलाइ आत्मसाथ गर्नु पर्ने बताए ।

कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरुलाई विभिन्न उपहारहरु प्रदान गरिएको थियो । टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गरे भने आईफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x