Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

३३३ रुपियाँमा एनएमबी बैंकको एफपीओ भोलिबाट, बजार मूल्यभन्दा १० प्रतिशत मात्रै सस्तो

३३३ रुपियाँमा एनएमबी बैंकको एफपीओ भोलिबाट, बजार मूल्यभन्दा १० प्रतिशत मात्रै सस्तो

काठमाडौं, २९ जेठ । एनएमबी बैंकले भोलिदेखि थप निष्काशन (एफपीओ) गर्ने भएको छ । बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पु¥याउन प्रिमियम मूल्यमा एफपीओ बिक्री गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले प्रमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ ।

हाल यस बैंकको बजार मूल्य ३७० रुपियाँको हाराहारीमा रहेको छ जुन बैंकले निष्काशन गर्न लागेको एफपीओ मूल्यभन्दा १० प्रतिशतले मात्र कम हो । ओली नेतृत्वको बहुमतको सरकार बनेसँगै निरन्तर घटन थालेको शेयर बजारमा निष्काशन भएको एनएमबीको एफपीओ लगानी गर्नु फाइदाजनक हो होइन सोचनीय विषय हो । हालकै प्रवृत्ति कायमै रहे भने एनएमबी बैंकको एफपीओमा लगानी गर्नुभन्दा दोस्रो बजारमै शेयर किन्नु फाइदा हुने देखिन्छ तर राष्ट्र बैंक मौद्रिक नीति तर्जुमाको संघारमा रहेको वर्तमान अवस्थामा कुनै नयाँ नितिगत परिवर्तनले बजारमा सकारात्मक प्रभाव प¥यो भने बजार माथि जाने सम्भावना पनि त्यतिकै छ ।

एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ ।

एफपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २८ गतेसम्मलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । बैंकले इक्रा नेपाल लिमिटेडबाट आईपीओको ग्रेडी थ्री रेटिङ पाएको छ ।
बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । बैंकले आउदो ३ वर्षमा नाफा १५  प्रतिशतले बढ्ने अनुमान सार्वजनिक गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x