Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

‘नाडा अटो शो’ आजबाट सुरु हुँदै

‘नाडा अटो शो’ आजबाट सुरु हुँदै

काठमाडौं, २६ भदौ । १५औं संस्करणको ‘नाडा अटो शो २०२३’ आज (मंगलबार)बाट सुरु हुँदै छ। गाडी पारखी, विक्रेता, आयातकर्ता, व्यवसायीलगायतको प्रतीक्षामा रहने यो कुम्भमेला राजधानीको भृकुटीमण्डपमा हुन लागेको हो। १२० स्टल रहेको यो मेला भदौ ३१ गनेसम्म सञ्चालन हुनेछ।
यो मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

नाडा अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल छ भने सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड छ।

यसैगरी शोको डोर प्राइजमा याडिया, टिकट पार्टनर खल्ती, अफिसियल इन्टरनेट पार्टनर वर्ल्डलिंक, फायर सेफ्टी सपोर्ट हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल छन् भने शो व्यवस्थापनमा ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस छ।

यो पटकको शोमा हुन्डाईको एक्सटर, सुजुकी जिम्नी र फ्रोंस, टाटा पन्च, बिवाईडी डल्फिन, एमजी कोमेट र एमजी–४ लगायत नयाँ गाडी देख्न पाइने छ भने सेरेस, स्काइवेल लगायत नयाँ ब्रान्ड पनि देख्न पाइने छ।

मेला प्रवेश गर्न २०० रुपैयाँ तिर्नुपर्नेछ । विद्यार्थीलाई भने १५० रुपैयाँमात्र लाग्ने बताइएको छ।

मेलाले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ छ। चाडपर्वका पूर्वाद्र्धमा आयोजना हुन गइरहेको शोले अटो व्यवसायी, ग्राहकवर्ग, गाडीप्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष संलग्नलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ।

मेलामा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लक रहनेछन्। मेलामा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने छ।

शोमा १६ ब्रान्डका चारपांग्रे तथा २२ ब्रान्डका दुईपांग्रे, सात ब्रान्डका लाइट कमर्सियल भेइकल, नौ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x