Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शेयर बजारप्रति लगानीकर्ता सकारात्मक, राष्ट्र बैंकप्रति भरोसा

शेयर बजारप्रति लगानीकर्ता सकारात्मक, राष्ट्र बैंकप्रति भरोसा

काठमाडौं, २९ भदौ । पछिल्ला शेयर कारोबार दिनलाई हेर्दा लगानीकर्तामा उत्साह देखिएको छ । बैंकमा तरलता सहज हुँदै गएपछि ब्याजदर घट्ने आशामा लगानीकर्ता छन् । त्यस्तै शेयर बजारसम्बन्धी नीति नेपाल राष्ट्र बैंकले परिमार्जन गर्न सक्ने आकलनमा पनि लगानीकर्ता छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको क्याप हटाउनुु पर्ने भन्दै आएका छ । पूर्व बैंकर्स अनलराज भट्टराई पनि शेयर बाजारमा लगाइएको जोखिमभार र शेयर धितोकार्जा सम्बन्धी व्यवस्था हटाउनु पर्ने बताउँछन् ।

३२ सय विन्दुमा हुँदा ल्याएको नीति सधै लागू गरिरहन नहुँने भट्टराईको भनाइ छ । “शेयर धितोकर्जाको जोखिम भार १५० बाट घटाएर १०० मा झार्नुपर्छ । शेयर धितोकर्जाको सीमा पनि हटाउनुपर्छ,” उनले भने, “बजार बढेको समयमा ल्याएको नीति सधै लागू गर्नु हुँदैन । अब यसलाई करेक्सन गर्ने बेला भयो । राष्ट्र बैंकले पनि यसलाई हेरफेर गर्छ जस्तो लाग्छ ।”

यस साताको चार कारोबार दिनमा बजार तीन करोबार दिन बढेको छ भने एक कारोबार दिन मात्र घटेको छ । बजार आइतबार १०.२३ अंक, सोमबार ४४.३० अंक र बुधबार ३९.४८ अंक बढेको हो । तर, मंगलबार भने बजार १९.४२ अंकले घटेको थियो । बजारमा नाफा बुक गर्न कारोबारी सक्रिय भएपछि मंगलबार बजार घटेको जानकार बताउँछन् ।

यो साताभरीमा बजार ९४.०१ अंकले बढेको छ भने १९.४२ अंक मात्र घटेको छ । यसले पनि बजारमा लगानीकर्ता अब सक्रिय भएको देखाउँछ ।

गत आइतबारदेखि स्थानीय तहको पैसाको ६० प्रतिशत वाणिज्य बैंकले निक्षेपमा गणना गर्न पाएका छन् । यो पैसाको ब्याज नलाग्ने भएपछि बैंकलाई सहज हुने भट्टराई बताउँछन् ।

यस्तै बजारप्रति सकारात्मक समाचार प्रवाह भएकाले पनि लगानीकर्ता सक्रिय भएर बजार बढ्ने लयमा रहेको उनी बताउँछन् । यो समय लाभांश घोषणाको समय भएकाले पनि बजार बढ्ने उनी बताउँछन् ।
यो साताको चार कारोबारमा पाँच अर्ब २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x